स्थानीय सरकार

मध्यपुर थिमि नगरपालिका

Local Government

Madhyapur Thimi Municipality

नगर कार्यपालिकाको कार्यालय

Office of Municipal Executive

थिमि, भक्तपुर, बागमती प्रदेश, नेपाल

Thimi Bhaktapur, Bagmati Province, Nepal

कक्षा ११ को छात्रवृत्ति सम्बन्धी सूचना

प्रकाशित मिति:२०८२।३।२० (११४५ दिल्लाथ्वः ६, शुक्रबार)

मध्यपुर थिमि नगरपालिका भित्र सञ्चालित कक्षा ११ मा अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८।०८ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न सञ्चालन हुने परीक्षाका लागि मिति २०८१ साल चैत्र ७ गते देखि सञ्चालित एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरुले मिति २०८ अषाढ २ गते विहान १०:०० बजे देखि मिति २०८ श्रावण  गते राति ११:५९बजे सम्म https://scholarship.madhyapurthimi.info मार्फत अनलाइन आवेदन फारम पेश गर्न सूचना आह्रान गरिएको छ।
  1. १. छात्रवृत्ति परीक्षा सञ्चालन हुने कार्यक्रमहरुको विवरण:
    विषयपरीक्षा हुने मिति
    Science / Management / Humanities / Education / Lawमिति २०८२ श्रावण ८ गते विहानको ८:०० बजेदेखि विहान १०:०० बजेसम्म

    उल्लेखित सबै कार्यक्रमको पूर्णाङ्क १०० र परीक्षा समयवधि दुई घण्टाको हुनेछ। उम्मेदवारले एक भन्दा बढी शैक्षिक विषयमा आवेदन फारम पेश गर्न पाउने छैन।

  2. २. अनलाइन आवेदन फारम पेश गर्ने अन्तिम मिति: २०८२ श्रावण २ गते राति ११:५९ बजे सम्म (आवेदन शुल्कः नि:शुल्क)
  3. ३. विभिन्न कार्यक्रमा आवेदन दन आवश्यक न्युनतम योग्यता।
    • क. एसइइमा न्युनतम १.६ GPA ल्याइ पुरा गरेको।
    • ख. सामुदायिक तथा संस्थागत विद्यालयबाट एसईई पुरा गरेको।
    • ग. मध्यपुर थिमि नगरपालिकाको स्थायी बासिन्दाको हकमा जन्मदर्ता वा नागरिताको वा बसाईसराईको प्रमाणपत्र।
  4. ४. प्रवेश परीक्षाको पाठ्यक्रम र उत्तीर्णाङ्क सम्बन्दी व्यवस्था:
    1. १. सबै प्रश्नहरु बहुबैल्पिक हुनेछन।
    2. २. कक्षा १० को पाठ्यक्रममा आधारित अनिर्वाय गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०/३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न सोधिनेछ।
    3. ३. छात्रवृत्ति परीक्षा उत्तीर्ण हुन न्युनतम ४० प्रतिशत अंक प्राप्त गरेको हुनु पर्नेछ।
    4. ४. गलत उत्तरका लागि नेगेटिभ मार्किङ (Negative Marking) गरिने छैन।
    5. ५. अनलाइन आवेदन फारम पेस गर्ने विधि तथा निर्देशनहरु:
      1. १. अनलाइन फारम यस नगरपालिकाकोको वेवसाइट (scholarship.madhyapurthimi.info) मा उपलब्ध हुनेछ। सो आवेदन फारम तोकिएको समयावधि भित्र अनलाइन माध्यमबाट मात्र पेश गर्न सकिनेछ।
      2. २. अनलाइन फारम भर्दाका बखत नै आफुले अध्ययन गर्न चाहेको विषय अनुसार विद्यालयको प्राथमिकता क्रम निर्धारण गर्नु पर्नेछ। सोही बमोजिम योग्यताक्रम प्रकाशित हुने छ।
      3. ३. अनलाइन फारम भर्न चाहने आवश्यक कागजातहरु:
        • क. SEE को Gradesheet
        • ख. पासपोर्ट साईजको फोटो
        • ग. जन्मदर्ता वा नागरिकताको वा बसाईसराईको प्रमाणपत्र।
      4. ४. पेस गरेका विवरणहरु झुठो ठहरेमा त्यस्ता उम्मेदवारहरुको आवेदन फारम रद्द गरिनुका साथै भर्ना भइसकेको भए पनि भर्ना समेत रद्द गरिनेछ।
      5. ५. शाखाबाट फारम रुजु यकिन भए पश्चात विवरण ईमेलमा मात्र Final confirmation पठाइनेछ।
      6. माग गरिए अनुसार भर्नुपर्नेछ।
      7. ६. छात्रवृत्ति छनोट सम्बन्धि सीट विवरण आवेदन साथ पेश गर्नु पर्ने कागजात, प्रवेशपत्र सम्बन्धि व्यवस्था, नतिजा प्रकाशन तथा भर्ना सम्बन्धि व्यवस्था मध्यपुर थिमि नगरपालिकाको सूचना बमोजिम हुनेछ।
  5.                                                   ज्ञानेन्द्र प्रसाद भट्ट

                                                        प्रमुख

                                                       सामाजिक विकास महाशाखा